‘कालमेगी’ आँधीका कारण भियतनाममा वितण्डा, लाखौं घरपरिवार प्रभावित

डिसी नेपाल
२१ कार्तिक २०८२ ११:५६
64
Shares

एजेन्सी। समुद्री आँधी ‘कालमेगी’ले भियतनाम समेत प्रभावित भएको छ। आँधीले भियतनाममा पनि वितण्डा मच्चाएको छ।

बिहीबार साँझ मध्यतिर भियतनाम प्रवेश गरेको आँधीका कारण मुसलधारे वर्षा र शक्तिशाली हावाका कारण व्यापक क्षति समेत पुर्याएको छ।

आँधीले धेरै स्थानहरूमा रूखहरू उखेलेको छ भने छानामा क्षति पुर्याएको र भवनहरूको सिसाका झ्यालहरू फुटाएको छ।

धेरै प्रान्तका ठूला क्षेत्रहरूमा विद्युत आपूर्ति बन्द हुँदा लाखौं घरपरिवार प्रभावित भएका छन्।

आँधीका कारण एक जनाको मृत्यु भएको पुष्टि भइसकेको छ भने भियतनामी सरकारले एक लाख घरपरिवारलाई खाली गराएको छ।

तटीय क्षेत्रका लाखौं मानिस प्रभावित भएका छन्। सोही आँधीका कारण फिलिपिन्समा ११४ जनाको ज्यान गइसकेको छ।(सीसीटीभीप्लस)




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.