‘कालमेगी’ आँधीका कारण भियतनाममा वितण्डा, लाखौं घरपरिवार प्रभावित
एजेन्सी। समुद्री आँधी ‘कालमेगी’ले भियतनाम समेत प्रभावित भएको छ। आँधीले भियतनाममा पनि वितण्डा मच्चाएको छ।
बिहीबार साँझ मध्यतिर भियतनाम प्रवेश गरेको आँधीका कारण मुसलधारे वर्षा र शक्तिशाली हावाका कारण व्यापक क्षति समेत पुर्याएको छ।
आँधीले धेरै स्थानहरूमा रूखहरू उखेलेको छ भने छानामा क्षति पुर्याएको र भवनहरूको सिसाका झ्यालहरू फुटाएको छ।
धेरै प्रान्तका ठूला क्षेत्रहरूमा विद्युत आपूर्ति बन्द हुँदा लाखौं घरपरिवार प्रभावित भएका छन्।
आँधीका कारण एक जनाको मृत्यु भएको पुष्टि भइसकेको छ भने भियतनामी सरकारले एक लाख घरपरिवारलाई खाली गराएको छ।
तटीय क्षेत्रका लाखौं मानिस प्रभावित भएका छन्। सोही आँधीका कारण फिलिपिन्समा ११४ जनाको ज्यान गइसकेको छ।(सीसीटीभीप्लस)
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment