क्रिकेटरहरू शिखर धवन र सुरेश रैनाको करोडौंको सम्पत्ति जफत

डिसी नेपाल
२१ कार्तिक २०८२ १२:३०
3.7k
Shares

काठमाडौं । प्रवर्तन निर्देशनालय (इडी) ले पूर्व भारतीय क्रिकेटर सुरेश रैना र शिखर धवनको ११.१४ करोड रुपैयाँको सम्पत्ति अस्थायी रूपमा जफत गरेको छ।

ईडीले एक्समा यो जानकारी दिएको छ । ईडी पोस्टका अनुसार दुबै पूर्व क्रिकेटरहरू विरुद्धको यो कारबाही अवैध बेटिंग प्लेटफर्म वानएक्सबेटको प्रवर्द्धनसँग सम्बन्धित छ।

यो कब्जा सम्पत्ति शुद्धीकरण रोकथाम ऐन, २००२ अन्तर्गत गरिएको हो।

यसमा सुरेश रैनाको नाममा रहेको ६.६४ करोड रुपैयाँको म्युचुअल फन्ड लगानी र शिखर धवनको नाममा रहेको ४.५ करोड रुपैयाँको अचल सम्पत्ति समावेश छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *