प्रचण्ड र माधव नेपाल पद एवं पावरका भोगी हुन् : महेश बस्नेत

डिसी नेपाल
२३ कार्तिक २०८२ १६:०५
64
Shares

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले माधव कुमार नेपाल र पुष्पकमल दाहाल प्रचण्ड पद र पावरको भोगी रहेको बताएका छन्।

उनीहरूबीच धेरै कुरा नमिले पनि पद र पावर बिना बस्न नसक्ने कुरा भने मिलेको भन्दै बस्नेतले व्यङ्ग्य गरेका हुन्।

कम्युनिष्ट घटकहरूबीच एकता भएको विषयबारे बोल्दै उनले प्रचण्डले पदको लागि पार्टीको नाम समेत फेरेको दाबी गरे।

‘माधव नेपाल र प्रचण्ड कमरेडको धेरै कुराहरू मिल्दैन्। तर, एउटा समान कुरा चाही मिल्ने गरेको छ। त्यो भनेको पद र पावर हो। हिजो सशक्त क्रान्तिको अगुवाइ गरेको वा क्रान्तिको नेतृत्व गरेको पार्टी नेकपा माओवादी जोबाट प्रचण्डले आफूलाई धेरै गौरव गर्नुहुन्थ्यो। त्यो पार्टीको नामै फेर्न तयार हुनुभयो। यसबारे हामीले बुझिहाल्यौं,’ उनले भने।

उनले पुराना रुखका पात झरेर मल बन्छ तर एमालेबाट माधव कुमार नेपाल पात बनी झरेता पनि काम नलागेको बताए। नेपाल एमालेबाट झरेता पनि माओवादीको मल बनेर एमालेविरूद्ध नै प्रयोग हुने खतरा बढेको समेत बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *