मधेश प्रदेशमा तीन मन्त्री नियुक्त

डिसी नेपाल
२४ कार्तिक २०८२ १०:१३
232
Shares

काठमाडौं। मधेश प्रदेशमा तीन जना मन्त्री नियुक्त भएका छन्। नेकपा (एमाले)बाट लखन दास, समाजवादी पार्टीबाट विमला अन्सारी र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट कञ्चन विच्छा मन्त्री नियुक्त भएका हुन्।

आज बिहान नियुक्त भएका उनीहरुलाई प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी छन्। प्रदेश प्रमुखले शपथ गराएपनि हाललाई मन्त्रालयको जिम्मेवारी तोकिएको छैन।

एमाले केन्द्रीय सदस्य एवम् संसदीय दलका नेता सरोजकुमार यादवलाई प्रदेश प्रमुख भण्डारीले बिहानै नै मुख्यमन्त्रीमा नियुक्त गरेकी थिइन्।

प्रदेश प्रमुख भण्डारीले यादवलाई बर्दिबास र सिन्धुलीको सिमानास्थित पानस होटलमा नियुक्तिपत्र प्रदान गरेकी थिइन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *