अमिताभ, सलमान र शाहरुख खानलाई पछि पार्दै अक्षयले बनाए नयाँ रेकर्ड
एजेन्सी। बलिउड अभिनेता अक्षय कुमारको इन्सटाग्राममा २० मिलियन अर्थात २ करोड फलोवर्स पुगेका छन्। बलिउडका अन्य अभिनेता सलमान खान, शाहरुख खान र अमिताभ बच्चनलाई समेत उनले पछि पारेका छन्।
अहिले यी अभिनेताहरुको भन्दा अक्षय कुमारको इन्स्टाग्राममा सबै भन्दा बढी फलोवर्स छन्। यस उपलब्धिका लागि एक इन्स्टाग्राम स्मृति चिन्ह पनि प्रदान गरिएको छ।
उनले सोही तस्विर आफ्नो इन्स्टाग्राममा पनि पोस्ट गरेका छन्। तस्विर पोष्ट गर्दै उनले यस्तो उपलब्धि मिलेकोमा आफू निकै खुशी रहेको बताए। अन्य बलिउडका अभिनेताहरुको कति छन् फलोवर्सरु हेर्नुहोस्:-
सलमान खानः १७.९ मिलियन
अमिताभ बच्चनः ९.८ मिलियन
शाहरुख खानः १३.९ मिलियन
आमिर खानः १.२ मिलियन
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment