कोशीका मुख्यमन्त्री कार्की र स्वीस प्रतिनिधिबीच भेटवार्ता

डिसी नेपाल
२४ कार्तिक २०८२ २०:११
16
Shares

विराटनगर। कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्की र स्विस सरकारका स्विस डेभलपमेन्ट कोअपरेसनका असिस्टेन्ट डाइरेक्टर आर्नो विकिबीच भेटवार्ता भएको छ।

भेटका क्रममा नेपाल–स्विजरल्यान्डबीचको द्विपक्षीय सहयोग, संघीयता कार्यान्वयन, जलवायु परिवर्तन, रोजगारी उत्पादन र प्रदेश विकासका विविध विषयमा छलफल भएको मुख्यमन्त्री कार्यालयले जनाएको छ।

सो अवसरमा मुख्यमन्त्री कार्कीले संघीयता कार्यान्वयनमा स्विस सरकारबाट प्राप्त सहयोगप्रति धन्यवाद ज्ञापन गर्दै हाल भइरहेका परियोजनाहरूले छिट्टै ठोस नतिजा दिने विश्वास व्यक्त गरे।

उनले नेपालको शान्ति, समृद्धि र विकासका लागि स्विजरल्यान्डको सहयोग अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्दै जलवायु परिवर्तनका चुनौतीहरू सामूहिक रूपमा सामना गर्न सहकार्य आवश्यक भएको बताए।

मुख्यमन्त्री कार्कीले प्रदेश सरकारले रोजगारी सृजनामूलक कार्यक्रमहरू अघि बढाइरहेको जानकारी पनि दिए।

त्यसैगरी, असिस्टेन्ट डाइरेक्टर आर्नो विकिले कोशी प्रदेशलाई सम्भावनायुक्त प्रदेशका रूपमा चित्रण गर्दै विकास र पर्यटनका क्षेत्रमा यहाँ ठूलो अवसर रहेको बताए।

उनले कोशी प्रदेश सुन्दर, शान्त र मैत्रीपूर्ण भएको भन्दै यहाँ काम गर्न सजिलो रहेको अनुभव बाँडेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार विक्रम लुईटेलले जानकारी दिएका छन्।

भेटवार्तामा स्विस सरकारका कोअपरेसन मथेएस माएर लगायत अधिकारीहरू पनि सहभागी थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.