रास्वपाले गर्‍यो खोटाङबाट किरातीलाई प्रतिनिधिसभा उम्मेदवार बनाउने प्रस्ताव

डिसी नेपाल
२५ कार्तिक २०८२ १०:४३
3.8k
Shares

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी फाल्गुन २१ गते हुन गइरहेको प्रतिनिधीसभा निर्वाचनमा युवा नेता तथा सामाजिक अभियानता मिलनकान्छा किरातीलाई उम्मेद्वार बनाउने प्रस्ताव गरेको  छ।

रास्वपाका नेता तथा खोटाङ जिल्लाका सभापति मुकुन्दकृष्ण थापाले किरातीलाई प्रत्यक्ष भेटेर यस्तो प्रस्ताव गरेका हुन्।

आगामी निर्वाचनमा खोटाङबाट किरातीले स्वतन्त्र रुपमा वा अन्य नयाँ वैकल्पिक दलबाट सांसदको उम्मेद्वारी दिएमा पनि रास्वपाले आफ्नो उम्मेद्वार नउठाई पूर्णरुपमा किरातीलाई सहयोग गर्ने जिल्ला सभापति थापाले वचनबद्धता दिएको  बताइएकाे छ। किरातीलाई पार्टी केन्द्रमा जोड्न सकिने बताएका थिए।

तर, यसबारे किरातीले कुनै निर्णय नलिएको बुझिएको छ। समाजशास्त्री तथा साहित्यकारसमेत रहेका किराती झण्डै दुई दशकभन्दा बढी समयदेखि राजनीतिक, सामाजिक, भाषिक र साँस्कृतिक अभियानमा सकृया रहेका छन्। उनको कृतिहरु शान्तिको खोजी, फूलको विज्ञप्ति, फिक्कलको उकालो, समाजवादको बाटो लगायत अरु थुप्रै प्रकाशित छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *