मुख्यमन्त्री यादवले गरे पदभार ग्रहण, मधेसका शहीदलाई मधेस रत्न दिइने पहिलो निर्णय

डिसी नेपाल
२५ कार्तिक २०८२ १८:४१
72
Shares

काठमाडौं। मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोज कुमार यादवले आज पदभार ग्रहण गरेका छन्। मुख्यमन्त्री यादवले पदभार ग्रहण गर्दै मधेश आन्दोलनका शहीदहरुलाई मधेश रत्नले सम्मानित गर्ने पहिलो निर्णय गरेका छन्।

देशमा संघीयता स्थापना गर्न शहीदहरुको भूमिका सबैभन्दा माथि रहेको भन्दै उनले शहीदका परिवारलाई ससम्मान मधेश रत्नले सम्मानित गर्ने बताए।
निवर्तमान प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले यादवलाई मुख्यमन्त्रीको सपथ ग्रहण गराएदेखि यादवले पदभार ग्रहण गरेका थिएनन्।

जेनजी आन्दोलनमा जनकपुरधामस्थित मुख्यमन्त्री कार्यालय जलेर क्षतिग्रस्त भएपछि तत्कालका लागि मधेश भवन भित्रै मुख्यमन्त्रीका लागि अस्थायी कार्यालय स्थापना गरिएको छ।

मुख्यमन्त्री यादवले आज विहानसम्म आफूले प्रदेशका सचिवलाई पहिलाकै मुख्यमन्त्री कार्यालयमा मर्मत सम्हार गरी कार्यालय सञ्चालनमा ल्याउन निर्देशन दिएका थिए। तर आज बेलुका मुख्यमन्त्री यादवले मधेश भवन भित्रै तत्कालका लागि बनाइएको कार्यालयमा पदभार ग्रहण गरेका छन्।

मुख्यमन्त्री यादवले पदभार ग्रहण गरिरहेका बेला मधेश भवन बाहिर विरोध प्रदर्शन र नाराबाजी भएको थियो।

जनमत पार्टी, जसपा नेपाल, नागरिक उन्मुक्ति पार्टी, नेपाली कांग्रेस, लोसपा, नेकपा एस, नेकपा माओवादी केन्द्रका नेता तथा कार्यकर्ताहरुले मधेश भवन अगाडि नाराबाजी गर्नुका साथै टायर बालेर प्रदर्शन गरेका थिए। सो क्रममा सुरक्षा निकाय र प्रदर्शनकारीहरुबीच झडप समेत भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *