अक्कल कोपिला फाउन्डेसनद्वारा मुगुका १९० विद्यार्थीलाई स्टेशनरी सामग्री वितरण

डिसी नेपाल
३० कार्तिक २०८२ ९:१४
20
Shares

मुगु । मुगुको मुगुमकार्मारोङ गाउँपालिका–९ मा अवस्थित दुई विद्यालयका १ सय ९० विद्यार्थीलाई स्टेशनरी सामग्री वितरण गरिएको छ । अक्कल कोपिला फाउन्डेसनको आर्थिक सहयोगमा १९० विद्यार्थीहरूलाई आवश्यक शैक्षिक सामग्री हस्तान्तरण गरिएको हो ।

ग्रामीण भेगका विद्यार्थीहरूको नियमित अध्ययन–अध्यापनमा सहजता पु¥याउने उद्देश्यले स्टेशनरी वितरण गरिएको फाउन्डेसनले जनाएको छ । नेपाल राष्ट्रिय आधारभूत विद्यालय, पापुका ८५ जना विद्यार्थि र नेपाल राष्ट्रिय आधारभूत विद्यालय, छायलकाका १०५ जना विद्यार्थीलाई कपिकलम सहित विभिन्न स्टेशनरी सामाग्री हस्तान्तरण गरिएको फाउन्डेसनले जनाएको छ ।

विद्यार्थीहरुलाई अध्ययन सामग्रीको अभावका कारण चुनौती भोगिरहेका विद्यार्थीहरूलाई सहयोगले प्रेरणा मिलेको नेपाल राष्ट्रिय आधारभुत बिधालय पापुका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कर्ण बहादुर रोकायाले बताए । उनले भने, स्टेशनरीको अभावले पढाइ प्रभावित हुने समस्या थियो । सहयोगपछि विद्यार्थीहरू उत्साहित भएर कक्षामा सहभागी हुन थालेका छन् ।

त्यस्तै, नेपाल राष्ट्रिय आधारभूत विद्यालय, छायलका प्रधानध्यापक विकास भामले सामग्री वितरणले विद्यालयको सिकाइ वातावरणमा सकारात्मक प्रभाव पारेको बताए । उनका अनुसार, सामग्री पाएका विद्यार्थीहरू निकै खुसी छन् र उनीहरूको अध्ययनप्रतिको चासो थप बढेको छ ।

सामग्री पाएका विद्यार्थीहरूले पनि कापी–कलमले आफूहरूलाई थप लगनशील हुन प्रेरित गरेको प्रतिक्रिया दिएका छन् । अक्कल कोपिला फाउन्डेसनले यस अघि छायांनाथ–रारा नगरपालिकाका विभिन्न विद्यालयमा शैक्षिक सामग्री वितरण गर्दै आएको थियो । हाल फाउन्डेसनले सेवा क्षेत्र विस्तार गर्दै मुगुमकार्मारोङ गाउँपालिकाका विद्यालयमा पनि सहयोग थालेको अध्यक्ष अक्कल बोहोराले बताए । बोहोराका अनुसार, ग्रामीण क्षेत्रमा शैक्षिक पहुँच विस्तार, मनो–सामाजिक प्रोत्साहन र सिकाइ वातावरण सुदृढीकरणलाई प्राथमिकतामा राख्दै यस्ता कार्यक्रम निरन्तर सञ्चालन गरिने अध्यक्ष बोहोराको भनाई छ ।

फाउन्डेसनले मुगुमा विपन्न परिवारलाई राहत वितरण, प्रतिक्षालय निर्माण, सडक तथा धर्मशाला निर्माण, विद्यालय खेलमैदान विकासजस्ता सामाजिक सेवामा पनि निरन्तर योगदान गरि रहेका छन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.