रामजी र सम्झनाको नयाँ गीत ‘बैना रुमाल’ सार्वजनिक

डिसी नेपाल
२७ भदौ २०७६ १०:४४

काठमाडौं। रामजी खाँण र सम्झना लामिछाने मगरको आवाजमा ‘बैना रुमाल’बोलको लोकदोहोरी गीत सार्वजनिक गरिएको छ।

सम्झना डजिटल प्रा.ली.को प्रस्तुती रहेको गीत सम्झनाको आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो। गीतमा बैकुण्ठ महतको शब्द तथा खेम सेञ्चुरीको संगीत छ।

गीतको भिडियोमा गायक/गायिका स्वयंम सम्झना र रामजी फिचर्ड छन्। प्रकाश भट्टले भिडियोको कोरियोग्राफी तथा निर्देशन गरेका हुन्।

राजेश घिमिरेको छायांकन रहेको भिडियोलाई विष्णु शर्माले सम्पादन गरेका हुन्।

यसअघि रामजी र सम्झनाको सहकार्य रहेको ‘फूल फुलेर पहेँलै भयो’बोलको गीतलाई दर्शक/स्रोताले अत्याधिक रुचाएका थिए।

भिडियो :


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *