पाकिस्तानी सेनाको कारबाहीमा ३० विद्रोही लडाकूको मृत्यु

डिसी नेपाल
४ मंसिर २०८२ १९:५८
48
Shares

अफगानिस्तान। अफगानिस्तानको सीमा क्षेत्रमा गत साता आत्मघाती आक्रमण गरी १२ जनाको मृत्यु भएपछि पाकिस्तानी सेनाले गरेको कारबाहीमा कम्तीमा ३० विद्रोही लडाकूको मृत्यु भएको छ। लडाकू समूह पाकिस्तानी तालिवान र यससँग सम्बद्ध समूह रहेको सेनाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

मृतक लडाकूमध्ये २३ जनाको खैबर पख्तुनख्वा राज्यको कुराम जिल्लामा मृत्यु भएको हो भने अन्य तीन जनाको मोहमन्द, लक्की र ट्याङ्कमा मृत्यु भएको समाचारमा उल्लेख छ। यता पाकिस्तानले आतंकवादविद्धको आक्रमण जारी राख्ने जनाएको छ।

गत महिना पाकिस्तान र अफगानिस्तानको सीमा क्षेत्रमा लडाइँ भएको थियो भने तत्काल दुबै देशको सहमतिमा युद्धविराम भएको थियो तर दुई देशबीच आक्रमणलाई लिएर आरोप प्रत्यारोप भने चलिरहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *