दुर्घटनाका बेला टाइटानिक जहाजमा रहेका यात्रुले लगाएको घडीले कीर्तिमानी मूल्य पायो
काठमाडौं । टाइटानिक दुर्घटनामा मृत्यु भएका एक यात्रुको सुनको खल्ती घडी लिलामीमा १.७८ मिलियन पाउण्ड अर्थात् लगभग ३३ करोड रुपैयाँमा बिक्री भएको छ।
सन् १९१२ को अप्रिल १४ मा साउथह्याम्प्टनबाट न्यूयोर्क जाँदै गर्दा टाइटानिक जहाज आइसबर्गमा ठोक्किँदा मृत्यु हुने लगभग १,५०० जनामध्ये इसिडोर स्ट्रास र उनकी श्रीमती इडा पनि थिए।
दुर्घटनाको केही दिनपछि उनको शव एट्लान्टिकबाट बरामद गरिएको थियो र उनको सामानमा १८ क्यारेट सुनको जुल्स जुर्गेनसेन पकेट घडी पनि समावेश थियो।
यो घडी स्ट्रस परिवारमा संरक्षित गरिएको थियो र शनिबार विल्टशायरको डेभाइजेसमा रहेको हेनरी एल्ड्रिज एण्ड सन लिलामीमा बेचिएको थियो।
स्ट्रस एक अमेरिकी व्यापारी, राजनीतिज्ञ र न्यूयोर्कमा रहेको मेसीको डिपार्टमेन्ट स्टोरका सह-मालिक थिए।
दुर्घटनापछि उनकी श्रीमतीले लाइफबोटमा बस्न अस्वीकार गरेको विश्वास गरिन्छ किनभने उनी आफ्नो पतिलाई छोड्न चाहन्नथिन् र उनीसँगै मर्न चाहन्थिन् ।
इडा स्ट्रसको शव कहिल्यै भेटिएन।
इडा स्ट्रसले जहाजमा रहेकै बेला एक पत्र पोस्ट गरेकी थिइन् जुन टाइटानिक स्टेशनरीमा लेखिएको थियो। यो पत्र लिलामीमा १ १ लाख पाउण्डमा बिक्री भयो।
टाइटानिकसँग सम्बन्धित स्मृति चिन्हहरूको यस लिलामीमा कुल ३ करोड पाउण्ड उठाइएको थियो।







डिसी नेपाल








Facebook Comment