फेरि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

डिसी नेपाल
१० मंसिर २०८२ ११:२२
2.3k
Shares

काठमाडौं। नेपाली बजारमा बुधबार सुनको मूल्य ९०० रुपैयाँले बढेको छ।

अघिल्लो दिन मंगलबार ५ हजार २०० ले बढेको सुन आज ९०० ले वृद्धि भएको हो। नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार बुधबार ९ सय रुपैयाँले बढेर एक तोला सुनको मूल्य २ लाख ४८ हजार ८०० कायम भएको छ।

सुनको मूल्य बढेसँगै चाँदीको भाउ पनि वृद्धि भएको छ। आज एक तोला चाँदीको मूल्य ३ हजार २२० रुपैयाँ कायम भएको छ।

मंगलबार एक तोला चाँदी ३ हजार २०० रुपैयाँमा खरिदबिक्री भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.