बंगलादेशमा शेख हसिनालाई २१ वर्षको जेल सजाय
काठमाडौं । बंगलादेशको एक अदालतले पूर्व प्रधानमन्त्री शेख हसिनालाई शक्ति दुरुपयोग लगायतका आरोपमा २१ वर्षको जेल सजाय सुनाएको छ।
बीबीसी न्यूज बंगलाका अनुसार उनकी छोरी साइमा वाजेद र छोरा सजीब वाजेदलाई पाँच-पाँच वर्षको जेल सजाय सुनाइएको छ।
फैसला सुनाउँदै अदालतले शेख हसिना र उनको परिवारलाई कुनै पनि आवेदन बिना नै आफ्नो क्षेत्राधिकार बाहिर जग्गा बाँडफाँड गरिएको बताएको छ।
यो फैसला ढाकाका पाँचौं विशेष न्यायाधीश मोहम्मद अब्दुल्लाह अल मामुनले दिएका हुन्।
यसअघि बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले पूर्व प्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय सुनाएको थियो।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment