फेरि चल्यो महानगरको डोजर (तस्बिर)

डिसी नेपाल
१२ मंसिर २०८२ १२:०८
72
Shares

काठमाडाैं। काठमाडौं महानगरपालिकाको वडा नम्बर १० स्थित देवीनगरमा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना भत्काएको छ।

देवीनगरमा भद्रकुमारी स्पोट्र्स पार्क बनाउने स्थानमा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण भएका संरचनालाई काठमाडौं महानगरले डोजर लगाएर भत्काएको हो।

महानगरपालिकाको वडा नम्बर १० देवीनगर (धोवीखोला करिडोर खण्ड)मा रहेको सार्वजनिक जग्गामा भद्रकुमारी घले स्पोर्टस पार्क निर्माणका लागि केही दिन अघि शिलान्यास गरिएको थियो।

पार्क बनाउने स्थानलाई खाली गर्न शुक्रबार महानगरले सार्वजनिक जग्गा अतिक्रमण गरि बनाएका संरचना हटाएको काठमाडौं महानगर प्रहरी बलका एसपी मनोजप्रसाद लामिछानेले जानकारी दिए।

पार्क बनाउन लागिएको जमिनको क्षेत्रफल ५ रोपनी १० आना २ पैसा अर्थात २ हजार ८८० वर्गमिटर रहेको महानगरले जनाएको छ। पार्कभित्र खुला व्यायामशाला, व्याटमिन्टन कोर्ट, फुटसल मैदान समेत निर्माण हुने महानगरले जानकारी दिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *