इरानको सेना विरुद्ध अष्ट्रेलियाले गर्यो ठूलो घोषणा
काठमाडौं । अष्ट्रेलियाले बिहीबार इरानको रिभोलुसनरी गार्ड कोर्प्स (आइआरजीसी) लाई राज्य-प्रायोजित “आतंकवादको समर्थक” को रूपमा तोकेको छ।
अष्ट्रेलियाको गुप्तचर एजेन्सी, एएसआइओले गरेको मूल्याङ्कनपछि यो निर्णय गरिएको हो, जसले आइआरजीसीले अष्ट्रेलियाको यहूदी समुदाय विरुद्ध आक्रमण गरेको निर्धारण गरेको छ।
अष्ट्रेलियाको विदेश मन्त्रालय, गृह मन्त्रालय र महान्यायाधिवक्ताद्वारा जारी संयुक्त विज्ञप्तिमा भनिएको छ – एएआइओको मूल्याङ्कनमा सिड्नीको लुइस कन्टिनेन्टल किचेनमा अक्टोबर २०२४ मा र मेलबर्नको एडास इजरायल सिनागोगमा डिसेम्बर २०२४ मा आक्रमण भएको उल्लेख छ।
विदेश मन्त्रालयले यी आक्रमणहरू अष्ट्रेलियाको बहुसांस्कृतिक समाजमा विभाजन सिर्जना गर्ने उद्देश्यले गरिएको र तिनीहरूको उद्देश्य डर पैदा गर्नु रहेको बताएको छ।
अष्ट्रेलियाले २०२५ मा राज्य-प्रायोजित आतंकवादलाई समावेश गर्न फौजदारी संहिता संशोधन गर्यो। यी परिवर्तनहरूले सरकारलाई राज्य-प्रायोजित आतंकवाद विरुद्ध कारबाही गर्न अनुमति दिन्छ।
यस नयाँ ढाँचा अन्तर्गत अस्ट्रेलियाले यस सूचीमा थपेको पहिलो शक्ति आइआरजीसी हो, जसले आइआरजीसी सँगको सबै व्यवहारलाई अपराधीकरण गर्नेछ।
आइआरजीसी इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स हो। यो १९७९ को इस्लामिक क्रान्ति पछि इरानको क्रान्ति र उपलब्धिहरूको रक्षा गर्ने उद्देश्यले स्थापित एक शक्तिशाली सैन्य बल हो।
यसले इरानका सर्वोच्च नेता अयातुल्लाह अली खामेनीलाई सिधै रिपोर्ट गर्छ र आफ्नो सेना, नौसेना, वायुसेना र गुप्तचर एकाइहरू मार्फत आन्तरिक र बाह्य खतराहरूको सामना गर्छ।







डिसी नेपाल







Facebook Comment