रुसबाट खतराको डरले फ्रान्सले अनिवार्य सैन्य सेवा फेरि सुरु गर्दै

डिसी नेपाल
१२ मंसिर २०८२ १४:१४
212
Shares

काठमाडौं । रुसबाट आएको खतरालाई ध्यानमा राख्दै फ्रान्सले सीमित रूपमा अनिवार्य सैन्य सेवा पुनः सुरु गर्ने निर्णय गरेको छ। फ्रान्सले लगभग साढे दुई दशकअघि सैन्य सेवा अनिवार्य गर्ने भर्ती खारेज गरेको थियो ।

तर अब फ्रान्सेली सरकारले अर्को वर्षको गर्मीदेखि चरणबद्ध रूपमा नयाँ “राष्ट्रिय सेवा” लागू गर्न लागेको छ।

यस नयाँ योजना अन्तर्गत, युवाहरू (प्रायः १८-१९ वर्षका केटा र केटीहरू) ले सेनामा १० महिना बिताउनु पर्नेछ । उनीहरूले प्रति महिना न्यूनतम ७०० डलर पाउनेछन्।

दक्षिणपूर्वी फ्रान्सको ग्रेनोबल नजिकैको सैन्य अड्डामा योजनाको घोषणा गर्दै राष्ट्रपति इमानुएल म्याक्रोनले भने: “खतराबाट बच्ने एक मात्र तरिका तयार रहनु हो।”

अर्को वर्षको लागि यो संख्या ३००० मा सीमित गरिएको छ तर २०३५ सम्ममा यसलाई ५०,००० पुर्‍याउने लक्ष्य राखिएको छ।

हाल फ्रान्सेली सेनामा लगभग दुई लाख सैनिक र ४७ हजार रिजर्भिस्ट छन्।

रुसको आक्रामकतापछि अन्य युरोपेली देशहरूले पनि यस्तै कदम चालेपछि फ्रान्सको यो निर्णय आएको हो।

बेल्जियम र नेदरल्याण्ड्सले पहिले नै स्वैच्छिक सैन्य सेवा सुरु गरिसकेका छन् र जर्मनीले पनि यस्तै पहलको योजना बनाइरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.