विदाइ समारोहमा घिसिङको प्रतिबद्धता: खेलकुदको विकासमा खरो बन्नेछु

डिसी नेपाल
१२ मंसिर २०८२ १७:२८
276
Shares

काठमाडौं। राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य-सचिव टंकलाल घिसिङले नेपाली खेलकुद क्षेत्रको समयानुकुल पुनःसंरचना र विकासका हरेक बहसमा खरो रुपले उत्रने प्रतिबद्धता व्यक्त गरेका छन्।

शुक्रबार आफ्नो कार्यकाल सकिएपछि बिदाइ कार्यक्रममा उनले चार वर्षमा खेल क्षेत्रको गहिराइमा पुगेर प्रत्येक विषयको नजिकबाट अध्ययन गरेको भन्दै यस क्षेत्रको विकास र विवादहरुको निरुपणको विषयमा खरो रुपले उभिने बताए।

उनले भने, ‘चार वर्षमा गहिराइमा पुगेको छु र प्रत्येक विषयको नजिकबाट अध्ययन गरेको छु। नेपाली खेलकुदको समयानुकुलको पुनःसंरचना, नेपाली खेल क्षेत्रको प्राथमिकता र यसका विवादहरुको निरुपणको विषयमा साथै विकासका लागि चालिनुपर्ने सबै बहसका क्षेत्रहरुमा म खरो रुपले उत्रने छु। म यो प्रतिबद्धता उद्घोष गर्न पनि यहाँ उभिएको छु।’

यस्तै, उनले खेलकुदमा नयाँ नयाँ खुड्किलाहरु, उचाईहरु हासिल गर्नका लागि सधैँ प्रयत्न गरेको पनि बताए। हरेक कामको सफलताको हिस्साहरुमा आफ्नो हिस्सा खोज्ने स्वभाव नरहेको पनि उनको भनाइ छ।

साथै, उनले चार वर्षको सफल कार्यकालमा सहयोग गर्ने सबैलाई धन्यवाद दिदैँ बाँकी समय पनि नेपाली खेल जगतको लागि फेरि नयाँ भूमिकाका साथ सहयात्रा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.