तनुश्री दत्ताले आमिर खानको चरित्रमै प्रश्न उठाइन्
मुम्बइ। केही दिनदेखि बलिउड सुपरस्टार अभिनेता आमिर खान एक नयाँ फिल्मसँग जोडिएको खबर चर्चामा छ। नयाँ फिल्म सुरु हुनुभन्दा पहिलो नै आमिरका बारेमा नकरात्मक चर्चा भएपछि यो उनका लागि महाँगो सावित हुने देखिएको छ। अहिलेसम्म आफ्नो करिअर र पृथक पहिचानलाई सम्हालेर राखेका आमिरमाथि अभिनेत्री तनुश्री दत्तले प्रश्न ठडाइदिएकी छन्।
आमिरले मंगलबारमात्रै गुलसन कुमारको बायोपिक फिल्म ‘मोगुल’का लागि निर्मातासँग सहमति गरेको खुलासा गरेका थिए। यो घोषणा गर्नुभन्दा पहिले आमिरले यो बिर्सेका थिए कि यसका निर्देशक सुवास कपुर हुन भन्ने। अभिनेत्री गितिाका त्यागीले निर्देशक कपुरमाथी यौन दुव्र्यवहार अर्थात मी टुको आरोप लगाएकी थिइन्।
आमिरको यस फैसलामाथि भारतमा मी टु अभियान सुरु गर्ने अभिनेत्री तनुश्री दत्तले कडा प्रतिक्रिया दिएकी छन्। तनुले एक आरोपीलाई स्थान दिनका लागि आमिरको साहारा लिइएको बताएकी छन्। बलिउड लाइफ डटकमसँग कुरा गर्दै तनुले भनेकी छन्, ‘महिला यौन दुव्र्यवहारको शिकार हुँदा बलिउडका कसैलाई पनि निँद लाग्दैन। तर, ठूलाठूला कुरा गर्ने स्टारनै आरोपी मानिसलाई काममा राख्नका लागि सहमत हुन्छन् त्यसबेला बढो अचम्म लाग्छ।’
उनले आमिरमाथि थप प्रश्न उठाएकी छन्। ‘तपाईंलाई कोही मान्छेलाई काम नमिलेको दया आएको हो भने त्यो साबैका लागि हुनुपर्छ’, आमिरलाई सम्बोधन गर्दै उनले भनेकी छन्, ‘मेरो करिअर खोसिइरहेको बेला त कसरी बाँचेकी छस् भनेर मलाई सोध्न कसैले चाँसो दिएन। ‘हर्न ओके प्लिज’ ममाथि भएको व्यवहार देखेर म माथि कुनै दया पलाएन आमिर?’
तनुश्रीले उठाएका यी प्रश्नहरुको आमिरले अहिलेसम्म कुनै जवाफ दिएका छैनन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment