‘फर्च्यून जेनेरेसन’का २५ अर्बपतिको सहभागितामा लुम्बिनीमा ‘विश्व शान्ति कार्यक्रम’ हुँदै

डिसी नेपाल
१५ मंसिर २०८२ १४:२२
16
Shares

काठमाडौं। समृद्ध भविष्यका लागि शान्ति’ भन्ने मूल विषयअन्तर्गत बुद्धको जन्मथलो लुम्बिनी र रामग्राममा ‘विश्व शान्ति कार्यक्रम’क तेस्रो संस्मरण हुने भएको छ।

आयोजकका अनुसार मंसि११ देखि २६ गतेसम्म हुने कार्यक्रममा ‘फर्च्यून जेनेरेसन’का २५ अर्बपतिलाई नेपालमा अवसर अन्वेषणका साथै आफ्नो पहिलो सामूहिक भ्रमण एकसाथ गर्न नेपाल ल्याउँदै छ।

१० हजारभन्दा बढीको सहभागितामा नेपाल तथा विदेशका नेता, विद्वान, संयुक्त राष्ट्र संघका सांस्कृतिक राजदूत, अन्तर्राष्ट्रिय व्यापारमा नाम कमाएक व्यवसायी, कलाकार, युवा र सामुदायिक प्रतिनिधिको सहभागिता रहने मिडिया संयोजक सुलोचना खतिवडाले बताइन्। उनका अनुसार फर्च्यून जेनेरेसनका सदस्य माझ नीति निर्माता, उद्यमी, विद्वान, कलाकार, समुदायका नेता र युवा सँगै बस्न, गहिरो रूपमा सुन्न र शासन, शिक्षा, जलवायु कार्य, लगानी, संस्कृति र दैनिक जीवनमा शान्तिलाई एकीकृत गर्ने ठोस तरिका अन्वेषण गर्न सक्ने ठाउँ सिर्जना गर्नु हो।

भारत केरलास्थित सिगल इन्टरनेशनल ग्रुपका अध्यक्ष डाक्टर सुरेशकुमार मधुसुधानन, स्वतन्त्र स्लोभेनियाका प्रथम प्रधानमन्त्री तथा युरोपेली संसदका पूर्व सदस्य लोज्जे पिटरले, इथियोपियाका पूर्वप्रधानमन्त्री ताम्रत लेन, युएइ र भारतमा व्यापार गर्दै आएका इराम होल्डिङ्सका डाक्टर सिद्दिक अहमद पनि आउदैछन्।

साथै कार्यक्रममा लुम्बिनीमा चिनियाँहरूको व्यापार प्रतिनिधिमण्डलका सदस्यको सहभागिता रहने छ। वान्मा ग्रुप रअनहुआ इन्टेल-टेक, बोर्डका अध्यक्ष हेनरी चान, होङयुआन तेल तथा ग्यास समूह कम्पनी लिमिटेडका कार्यकारी निर्देशक मिङ सु, एनजय एयरपोर्ट कमर्सियल ग्रुप, सीईओ लुलु मेङ, सिन्डी वु सियान ल्यान्सेन नयाँ सामग्री प्रविधि कम्पनी लिमिटेडका सीईओ क्रिस झोउ, सिनो जियोफिजिकल कम्पनी लिमिटेडका सीईओ क्रिस झोउ, प्लेओस ग्रुप, बोर्डका अध्यक्ष लियो यु, अम्नी इन्टरनेशनल पेट्रोलियम डेभलपमेन्ट कम्पनी लिमिटेड एसियाका कार्यकारी निर्देशक क्रिस्टोफर ओनिया लगायतका उपस्थिति रहने छ।

बुद्धको जन्मस्थल लुम्बिनी र बुद्धको एक मात्र अक्षुण्ण अवशेष स्तूप रामग्राममा अवस्थित ‘विश्व शान्ति कार्यक्रम’ (तेस्राे संस्करण) ले नेपालको आध्यात्मिक सम्पदालाई शान्ति र समृद्धिलाई केन्द्रमा राखेको छ। ध्यान ज्ञान र समाजमाथि गम्भरी बहस हुने उनले बताइन्।

भेलाले शान्तिलाई मानव प्रगति र दिगो विकासको आधारको रूपमा पुष्टि गर्ने खतिवडाको भनाइ छ। उनका अनुसार संयुक्त राष्ट्र संघको दिगो विकास लक्ष्यहरू, विशेष गरी संस्टेनबल डेबलभमेन्ट गोल, न्याय र बलियो संस्थाहरूको भावनासँग नजिकबाट मिल्दोजुल्दो छ।

दुईदिन चल्ने कार्यक्रममा शान्ति, जलवायु परिवर्तन, विकास, आन्तरिक कल्याण र सामाजिक न्याय, व्यावहारिक शान्ति निर्माण, दैनिक नेतृत्व र स्थानीय शासनमा केन्द्रित युवा, महिला, आदिवासी समुदाय र सीमान्तकृत आवाजहरूलाई थप शान्तिपूर्ण र समृद्ध भविष्यका, लागि जस्ता विषयमाथि छलफल तथा बहस हुनेछ।

कार्यक्रममा सांस्कृतिक प्रदर्शन, संगीत र कलात्मक अभिव्यक्तिका सत्रहरु पनि हुने छन्। सेम्बर १२ मा रामग्राम स्तुपामा एक प्रमुख दीप अर्पण समारोह, नेपाल र विश्वभर शान्तिको लागि हजारौं दीप र प्रार्थनाहरू एकसाथ हुने छ।

नेपाल र विदेशका संयुक्त राष्ट्र संघका प्रतिनिधिहरू र सांस्कृतिक राजदूतहरू, अग्रणी परोपकारी र व्यापारिक नेताहरू, मेयरहरू र स्थानीय सरकारहरू, विश्वविद्यालय र विद्यालय प्रतिनिधिहरू, युवा सञ्जालहरू, महिला समूहहरू र नागरिक समाज लगायत क्षेत्रका विज्ञहरुको सहभागिता रहने छ।

आयोजक र साझेदारहरूमा विश्व शान्ति कार्यक्रम,नेपाल विश्व युवा महासंघ, लुम्बिनी विकास कोष र नेपाल पर्यटन बोर्ड, काठमाडौ विश्वविद्यालय, नागरिक समाज, शिक्षा, व्यवसाय र युवा आन्दोलनका साझेदारहरूको बृहत् सञ्जालसँगको सहकार्यमा हुँदै छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.