एनपीएलः आजको दोस्रो खेलमा पोखरा एभेन्जर्सले पहिला ब्याटिङ गर्दै
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको आजको दोस्रो खेलमा पोखरा एभेन्जर्सले कर्णाली याक्सविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ।
मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा कर्णालीका कप्तान सोमपाल कामीले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएका हुन्।
चार खेल खेलेको पोखराले एक खेल मात्र जितेको छ। त्यस्तै पाँच खेल खेलिसकेको कर्णालीले पनि अहिलेसम्म एक खेल मात्र जितेको छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment