हेटौंडामा सवारी दुर्घटना : एकको मृत्यु, एक जना घाइते

डिसी नेपाल
१७ मंसिर २०८२ ११:४७
148
Shares

मकवानपुर । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१९ बस्तीपुरमा गए राति भएको सवारी दुर्घटनामा परी एक जनाको ज्यान गएको छ। दुर्घटनामा एक जना घाइते भएका छन्।

सडकमा बिग्रिएर रोकिराखेको ना५ख ३५८७ नम्बरको कन्टेनरमा चितवनबाट हेटौंडातर्फ आउँदै गरेको बा ४९ प ६६५८ नम्बरको मोटरसाइकल पछाडिबाट ठोक्किँदा उक्त दुर्घटना भएको हो।

दुर्घटनामा परी मोटरसाइकल चालक मकवानपुरगढी गाउँपालिका-२ गैरीभञ्याङ बस्ने ३० वर्षीय बालकृष्ण अधिकारीको मृत्यु भएको छ।

दुर्घटनालगत्तै गम्भीर घाइते भएका अधिकारीलाई उद्धार गरी उपचारका लागि हेटौंडा अस्पताल लगिएकोमा चिकित्सकले राति १२:१० बजे मृत घोषणा गरेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.