नेपालको संविधानप्रति आपत्तिजनक धारण राख्ने भारतकी पूर्व विदेशमन्त्रीका पतिको मृत्यु

डिसी नेपाल
१८ मंसिर २०८२ १८:५८
348
Shares

काठमाडौं । भारतकी पूर्व विदेशमन्त्री सुषमा स्वराजका पतिको मृत्यु भएको छ । सुषमा स्वराज नेपालको संविधानले नेपालीसँग विवाहित भारतीय महिलाले नेपाली नागरिकता नपाउने अपुष्ट र विवादित बयान संसदमै दिएपछि बदनाम थिइन् । उनको दाबी गलत हो ।

मिजोरमका पूर्व राज्यपाल समेत रहेका स्वराज कौशलको मृत्यु भएको हो। उनी भारतकी पूर्व विदेशमन्त्री तथा भाजपाकी वरिष्ठ नेता सुषमा स्वराजका पति थिए।

स्वराज कौशलकी छोरी बांसुरी स्वराज हाल नयाँ दिल्ली लोकसभा सिटबाट सांसद छिन्।

बांसुरी स्वराजले आफ्नो सामाजिक सञ्जाल पोस्टमा लेखेकी छिन् , “पापा स्वराज कौशल जी, तपाईंको स्नेह, तपाईंको अनुशासन, तपाईंको सरलता, तपाईंको देशभक्ति र तपाईंको अपार धैर्य मेरो जीवनको ज्योति हो जुन कहिल्यै मधुरो हुनेछैन।”

“तपाईंको ‘निधन’ मेरो हृदयमा सबैभन्दा गहिरो पीडाको रूपमा आएको छ, तर मेरो मनले यो विश्वासलाई बलियोसँग अडिग राखेको छ कि तपाईं अब आफ्नी आमासँग, भगवानको उपस्थितिमा, अनन्त शान्तिमा पुनर्मिलन हुनुभएको छ।”

उनले लेखेकी छिन्, “तपाईंकी छोरी हुनु मेरो जीवनको सबैभन्दा ठूलो सम्मान हो, र तपाईंको विरासत, तपाईंका मूल्यमान्यताहरू र तपाईंका आशीर्वादहरू मैले अगाडि बढाउने हरेक यात्राको जग हुनेछन्।”

दिल्लीका मुख्यमन्त्री रेखा गुप्ताले स्वराज कौशलको मृत्युमा शोक व्यक्त गरेकी छन्।

उनले सामाजिक सञ्जालमा लेखेका छन् , “मिजोरमका पूर्व राज्यपाल तथा वरिष्ठ अधिवक्ता श्री स्वराज कौशल जीको निधनको खबरले दुःखी बनाएको छ…”




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.