No ads found for this position
No ads found for this position

चीनमा विश्वको सबैभन्दा ठूलो हरित हाइड्रोजन–एमोनिया–मेथानल मेगापार्क निर्माण हुँदै

No ads found for this position
No ads found for this position
No ads found for this position
डिसी नेपाल
२० मंसिर २०८२ ११:२३
60
Shares
No ads found for this position

काठमाडौं । चाइना इनर्जी इन्जिनियरिङ समूहले विश्वकै सबैभन्दा ठूलो एकीकृत हरित हाइड्रोजन–एमोनिया–मेथानल उत्पादन केन्द्र निर्माणलाई तीव्रता दिएको छ । चीनको उत्तर–पूर्वी प्रान्त जिलिनस्थित सोङयुआन हाइड्रोजन ऊर्जा औद्योगिक पार्कले यसै वर्षको अन्त्यसम्म हरित एमोनिया उत्पादन सुरु गर्ने तयारी गरिरहेको छ । हरित हाइड्रोजनबाट उत्पादन हुने एमोनिया नयाँ ऊर्जा सवारीसाधन र पावर जेनेरेटरका लागि स्वच्छ इन्धनको विकल्प मानिन्छ ।

उक्त परियोजनामा ५० मेगावाट सौर्य ऊर्जा प्रणाली र ५९० मेगावाट वायु ऊर्जा फार्ममार्फत प्राप्त विद्युत् प्रयोग गरी पानीलाई हाइड्रोजन र अक्सिजनमा छुट्याउने अत्याधुनिक इलेक्ट्रोलाइजर सञ्चालन गरिनेछ ।

इलेक्ट्रोलाइजरको विश्वव्यापी उच्च मागका बीच चीनका छ कम्पनी विश्वका शीर्ष १० निर्माता सूचीमा परेका छन् । जसले चीनलाई उपकरण आपूर्तिमा बलियो बनाएर परियोजना सहज बनाएको छ । विशेषज्ञहरूका अनुसार हरित एमोनिया उत्पादन प्रविधि परिपक्व हुँदै जाँदा सन् २०३५ सम्म यसको वार्षिक माग १० करोड टन नाघ्न सक्नेछ ।

चीन बिजुली परिषद्का कार्यकारी उपाध्यक्ष याङ कुँका अनुसार चीनले १.७ अर्ब किलोवाटभन्दा बढी वायु तथा सौर्य ऊर्जा जडान क्षमता हासिल गरिसकेको छ । जसले ‘हरित पेट्रोलियम’ जस्ता नयाँ हरित ऊर्जा उत्पादनहरूको लागत घटाउँदै कम–कार्बन विकासलाई तीव्रता दिनेछ ।

परियोजना पूर्ण भएपछि यस मेगापार्कले ३ गिगावाट नयाँ ऊर्जा उत्पादन क्षमता प्राप्त गर्नेछ र हरेक वर्ष ८ लाख टन हरित एमोनिया तथा मेथानल उत्पादन गर्ने लक्ष्य राखिएको छ । सीसीटीभी


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *