विराटनगरले जित्यो टस , सुदूरपश्चिम विरूद्ध पहिले बलिङ गर्ने
काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत शनिबारको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सविरूद्ध विराटनगर किंग्सले टस जितेको छ ।
टस जितेको विराटनगरले पहिले बलिङ गर्ने भएको हो । सुदूरपश्चिम यसअघि लगातार छ जित निकालेर शीर्ष दुईमा परेर पहिलो क्वालिफायरमा पुगिसकेको छ । प्लेअफमा पुग्नका लागि आजका लागि विराटनगरका लागि भने जित आवश्यक छ ।
विराटनगरले सुदूरपश्चिमविरूद्ध ठूलो अन्तरको जितले मात्र उसको दोस्र स्थान पक्का हुनेछ र पहिलो क्वालिफायरमा प्रतिस्पर्धा गर्नेछ । पराजित भए वा कम अन्तरको जितले विराटनगर तेस्रो स्थानमा सीमित हुनेछ भने इलिमिनेटरमा लुम्बिनी लायन्ससँग खेल्नेछ ।
यी दुवै टोली प्लेअफमा पुगिसकेका छन् । लगातार ६ खेल जितेको सुदूरपश्चिम १२ अंकसहित तालिकाको शिर्ष स्थानमा छ । सुदूरपश्चिम एनपीएल क्रिकेटको दोस्रो संस्करणमा एक मात्र अपराजित टोली हो ।
यस्तै ६ खेलमा विराटनगरको ४ मा जित र २ खेलमा हार रहेको छ । विराटनगर ८ अंकसहित तालिकाको तेस्रो स्थानमा छ ।







डिसी नेपाल








Facebook Comment