सुदूरपश्चिम रोयल्सले विराटनगर किंग्सलाई दियो १४८ रनको लक्ष्य

डिसी नेपाल
२० मंसिर २०८२ १२:५४
60
Shares

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत शनिबारको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले विराटनगर किंग्सलाई १४८ रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै  १४७ रन बनाएको हो । आजको पिच ब्याटिङका लागि सहज देखिएको छ । विराटनगरले नेटरनरेट बढाएर काठमाडौं  भन्दा अगाडि पुग्न करिब १४ ओभरमै लक्ष्य पूरा गर्नुपर्ने दवाब छ ।

यदि विराटनगरले  सामान्य  जित मात्रै निकाल्न सकेमा तेस्रो स्थानमा नै  यथावत भएमा इलिमिनेटर खेल्ने छ ।

सुदूरपश्चिम यसअघि लगातार छ जित निकालेर शीर्ष दुईमा परेर पहिलो क्वालिफायरमा पुगिसकेको छ । प्लेअफमा पुग्नका लागि आजका लागि विराटनगरका लागि भने जित आवश्यक छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.