No ads found for this position
No ads found for this position

पुटिनलाई मोदीको उपहार : भागवत गीतादेखि चाँदीको घोडासम्म

No ads found for this position
No ads found for this position
No ads found for this position
डिसी नेपाल
२० मंसिर २०८२ १३:५६
84
Shares
No ads found for this position

एजेन्सी । भारत भ्रमणमा आएका रुसका राष्ट्रपति भ्लादिमिर पुटिन स्वदेश फर्किएका छन् । भारत भ्रमण सकेर शुक्रबार अबेर राति उनी स्वदेश फर्किएका हुन् ।

मन्त्रीहरूको टोलीसहित बिहीबार साँझ दिल्ली आइपुगेका पुटिन २७ घण्टा भारत बसाइपछि रुस फर्किएका हुन् । पुटिन शुक्रबार राति करिब १० बजे रुस फर्किएका हुन् ।

उनले शुक्रबार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय वार्ता गरे र व्यापारिक मञ्चलाई सम्बोधन गरेका थिए । पुटिनको भ्रमणलाई भारतले विशेष महत्व दिएको थियो ।

पुटिनलाई भारतीय राष्ट्रपतिको भवन परिसरमा शुक्रबार बिहान २१ तोपको सलामी दिँदै स्वागत गरिएको थियो । त्यसपछि उनलाई गार्ड अफ अनर प्रदान गरिएको थियो ।

पुटिनका लागि आयोजना गरिएको भिन्न भिन्न कार्यक्रममा मोदीलगायतले विभिन्न उपहारहरु प्रदान गरेका थिए ।

मोदीले पुटिनलाई चाँदीको चिया सेट, असमको राम्रो कालो चिया, भागवत गीता, कश्मीरी केसर, मार्बल चेस सेट, चाँदीको घोडालगायतका आकर्षक उपहार दिएका छन् ।(एएनआइ)


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *