चितवन राईनोज टस जितेर ब्याटिङ गर्दै
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज हुने दोस्रो खेलमा चितवन राईनोजले पोखरा एभेन्जर्सविरुद्ध टस जितेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुन लागेको दोस्रो खेलमा चितवन राईनोजले टस जितेर पहिलो ब्याटिङ गर्ने निर्णय गरेपछि पोखरा एभेन्जर्सले फिल्डिङको निम्तो पाएको हो।
चितवन राईनोजको कप्तानमा कुशल मल्ल रहेका छन् भने पोखरा एभेन्जर्सको कप्तानमा कुशल बुर्तेल रहेका छन्।
चितवन राईनोज र पोखरा एभेन्जर्स दुवै टोली प्लेअफ पुग्नबाट बाहिरिसकेका छन्। ६ खेलमा २ मा जित र ४ मा हारसहित चितवन तालिकाको छैठौँ र ६ खेलमा ४ खेल हारेको पोखरा २ अंकसहित तालिकाको पाँचौ स्थानमा छ।
पोखरा र चितवनसहित कर्णाली र जनकपुर पनि प्लेअफ समिकरणबाट बाहिरिएका टोली हुन्।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment