जेनजीको भावना र चाहना पूरा गर्न बलियो राष्ट्रबादी शक्ति आबश्यक : कमल थापा
काठमाडौं। राप्रपा नेपालका अध्यक्ष कमल थापाले जेन्जिहरुको भावना र चाहना पूरा गर्नको लागि मुलुकमा बलियो राष्ट्रबादी शक्ति आबश्यक भएको बताएका छन्।
जेनजी आन्दोलनको क्रममा गत भाद्र २४ गते रातिदेखि नै षड्यन्त्र शुरु भएको र जेनजीआन्दोलन “हाईज्याक” भएको भन्दै थापाले जेनजीहरुको अधुरो सपना पूरा गर्न बलियो राष्ट्रबादी शक्ति निर्माणमा जोड दिए।
यस क्रममा राप्रपा र राप्रपा नेपालबीच केही समय भित्रै एकता हुने प्रबल सम्भावना रहेको भन्दै थापाले भने, “सबै अनुकुल भएमा केही दिन भित्र खुशीको समाचार पनि सुन्न पाउनुहुनेछ, सबै एकै ठाउँमा बसि बलियो शक्ति निर्माण गर्नु आजको आबश्यकता हो”।
पार्टी आबद्ध काठमाडौं जिल्ला स्तरीय जेनजी फ्रण्टको भेलालाई सम्बोधन गर्दै थापाले केपी ओलीको ठाउँमा सुशीला कार्की र ८४ को निर्बाचन ८२ मा हुने कामको लागि मात्र जेनजी आन्दोलन नभएको स्पष्ट पारे। दर्जनौंको बलिदान, अर्बौंको सम्पत्ति नष्ट हुँदा समेत खोजेको परिबर्तन प्राप्त हुन नसक्नु बिडम्बना भएको भन्दै थापाले भ्रष्टाचारको अन्त्य र सुशासनको प्रत्याभूति जनताले खोजेको जनाए।
हाल कायम भएको निर्बाचन प्रणालीमा त्रुटी रहेको, अहिलेको निर्बाचन प्रणाली कायम भएसम्म ब्यबहारिक, राजनीतिक रुपमा कसैले बहुमत ल्याउन नसक्ने, फेरि अपबित्र गठबन्धन बनाएर ब्रम्हलुटको शृँखला शुरु हुने भन्दै थापाले निर्बाचन प्रणाली महँगाे र अपराधीकरण तर्फ लागेकोमा गम्भीर चिन्ता व्यक्त गरे।
“करोडौं पैसा खर्च गरेर निर्बाचन जित्नेले सेवा गर्छ कि त्यो करोडौं उठाउन तर्फ लाग्छ?” उनले प्रश्न गरे। संबैधानिक अंग र न्यायपालिकामा समेत पार्टीगत आधारमा भागबन्डाबाट नियुक्ति हुने भएसी भ्रष्टाचार मौलाएको, भ्रष्टहरु कोही कसैसँग डराउनु नपर्ने भएको उनको धारणा थियो। “पहिला राजासँग डराउँथे, राजालाई एम्बुसमा पारेर लघारे, अख्तियार, न्यायलयमा व्यापक राजनीतिकरण भयो, यसबाट कोही डराउनु नपर्ने भयो” उनको कथन थियो।
“चुनावी प्रणाली त्रुटिपूर्ण छ , संबैधानिक अंग र न्यायपालिकामा नियुक्ति गर्ने ब्यबस्था त्रुटिपूर्ण छ, यो तत्काल परिबर्तन गर्नुपर्छ थापाको जोड थियो। जेनजी आन्दोलनको चाहना र भावना अपहरण भएको, बिदेशीको पैसा खायर हिन्दूराष्ट्रको पहिचान समाप्त पारेको , आन्दोलनमा कहीँ कतै नउठेको बिषयलाई पश्चिमाको पैसा खायर धार्मिक उपनिवेशिक प्रभाब कायम गर्न षड्यन्त्र गरिएकोमा उनको तिब्र रोष थियो।
“नयाँ खुलेका पार्टीबाट पनि निकासको सम्भावना नरहेको चर्चा गर्दै थापाले, काङ्ग्रेस र एमालेले अबलम्बन गरेको बाटो हिँडेर नयाँ पार्टीले केही परिबर्तन गर्न सक्दैन, ड्राइभर परिबर्तन गरेर हुँदैन बाटो परिबर्तन गर्नुपर्छ” थापाको जोड थियो।
बलियो राष्ट्रबादी प्रजातान्त्रिक शक्ति निर्माण गर्ने प्रयास भैरहेको भन्दै थापाले जेन्जी युबाहरुको अधुरो सपना पूरा गर्न आबश्यक भएको तथा निर्बाचन र आन्दोलनलाई सँगै लैजान जरुरी भएको उनको टिप्पणी थियो।
कार्यक्रममा महामन्त्री केशबराज श्रेष्ठ, राजकुमार खड्का, श्याम घिमिरेलगायतले बोलेका थिए। अनिल परियारको अध्यक्षतामा २१ सदस्यीय राप्रपा नेपाल काठमाडौं जेनजी फ्रण्ट गठन गरिएको छ।







डिसी नेपाल








Facebook Comment