बेलायतका ल्यान्डो नोरिसले आफ्नो पहिलो फर्मुला वान उपाधि जिते
काठमाडौं । बेलायती चालक ल्यान्डो नोरिसले यस वर्षको फर्मुला वान विश्व च्याम्पियनसिप जितेका छन्।
नोरिसले अबुधाबी ग्रान्ड प्रिक्समा तेस्रो स्थान हासिल गर्दै यो उपाधि जितेका हुन्।
डिफेन्डिङ च्याम्पियन, डच ड्राइभर म्याक्स भेर्स्टापेन च्याम्पियनशिपमा दोस्रो स्थानमा रहे। सिजनको सुरुमा उनी प्रतिस्पर्धाबाट बाहिर देखिए, तर उनले बलियो पुनरागमन गरे।
अष्ट्रेलियाका ओस्कर पियास्ट्री च्याम्पियनशिपमा तेस्रो स्थानमा रहे।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment