एनपीएल–२ : विराटनगरले टस जित्यो, सुदूरपश्चिम रोयल्सले पहिला ब्याटिङ् गर्दै
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को पहिलो क्वालिफायरमा विराटनगर किंग्सले सुदूरपश्चिम रोयल्सविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ। टीयु क्रिकेट मैदानमा सुदूरपश्चिमविरुद्ध विराटनगरका कप्तान सन्दीप लामिछानेले टस जितेर फिल्डिङ गर्ने निर्णय लिएका हुन्।
योसँगै सुदूरपश्चिम रोयल्सले पहिला ब्याटिंग गर्ने भएको छ। लिग चरणमा सुदूरपश्चिमले ७ खेलमा ६ जित हासिल गरेको थियो भने एक खेल विराटनगरसँग हारेको थियो। त्यस्तै विराटनगरले भने आफ्ना ७ खेलमा ५ खेलमा जित हासिल गरेको थियो र दुई खेलमा हार बेहोरेको थियो।
यो खेलमा जित निकाल्ने टोली फाइनलमा प्रवेश गर्नेछ। पराजित हुने टोली इलिमिनेटरको विजेता हुने टोलीसँग दोस्रो क्वालिफायर खेल्नेछ। इलिमिनेटरमा काठमाण्डु गोर्खाज र लुम्बिनी लायन्स खेल्नेछन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment