अमेरिकाको क्यालिफोर्नियामा भानुभक्त आचार्यको शालिक

डिसी नेपाल
२५ मंसिर २०८२ १०:१६
60
Shares

क्यालिफोर्निया। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) उत्तरी क्यालिफोर्निया च्याप्टरले अमेरिकाको क्यालिफोर्निया स्थित सान फ्रान्सिस्को बे एरियामा भानुभक्त आचार्यको शालिक स्थापना गर्ने योजना बनाएको छ।

आगामी वर्षको भानु जयन्तीको अवसर पारेर स्थापना गर्न लागिएको उक्त शालिकको स्थापनाको निमित्त संस्थाले सम्पूर्ण साहित्य-अनुरागी महानुभावहरूसँग आर्थिक सहयोगको अपेक्षा गरेको छ। नेपाली भाषा र साहित्यको पहिचानलाई नेपाली डायस्पोरामा अझ बलियो गरी स्थापित गर्न यो परियोजना कोसेढुङ्गा सावित हुनेछ भन्ने विश्वास संस्थाले लिएको छ।

भानुभक्त आचार्यलाई नेपाली भाषाका आदिकवि मानिन्छ। संसारभरका नेपाली भाषीहरूले भानुभक्तले नेपाली भाषा र साहित्यमा पुर्याएको योगदानको कदर गर्दै उहाँको स्मृतिमा साहित्यिक कार्यक्रमहरू आयोजना गर्दै आएका छन्।

आचार्यको सालिक नेपाल बाहेक खासगरी भारतको दार्जिलिङ्ग, सिलिगुरी, कृष्णनगर र सिक्किममा अवस्थित छन्। पश्चिमी मुलुकमा भने यो भानुभक्तको शालिक पहिलो हुनेछ। यस गौरवपूर्ण योजनामा सकेको सहयोग पुर्याइदिन अनेसास उत्तरी क्यालिफोर्निया च्याप्टरका अध्यक्ष बाबु आचार्यले सबैसँग अनुरोध गरेका छन्।

सहयोग गर्न इच्छुकले टेलिफोन नम्बर 415-794-0154 मा रकम जेले गर्न सक्नेछन् ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *