मिडिया ट्रायल बढेको ओलीको गुनासो : हेडलाइनका लागि कुकुरको खुट्टा टोक्दैन एमाले
काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको लोकतान्त्रिक चरित्र, आन्तरिक प्रक्रिया तथा राष्ट्रिय राजनीति सम्बन्धी आफ्नो धारणा राखेका छन्। बिहीबार सम्पादकहरुसँगको संवाद कार्यक्रममा बोल्दै उनले एमालेप्रति बाहिर विशेषगरी विपक्षी पक्षले गलत धारणा निर्माण गरेको आरोप लगाए।
उनले भने, ‘हाम्रो पार्टी एउटा लोकतान्त्रिक पार्टी हो । एमालेको सम्बन्धमा नेपालमा एउटा आम नीति बनेको छ करौतिजस्तो; यता तान्दा पनि काट्छ, पछाडि धकेल्दा पनि काट्छ, अगाडि तान्दा पनि काट्छ । हामी दबावयुक्त सहमति होइन, दबावबिनाको स्वच्छ सहमतिको पक्षमा छौँ । पार्टीको महाधिवेशन यथास्थितिका लागि होइन, फेरबदलका लागि हो।’
ओलीले राष्ट्रहित, सुशासन र विकासका एजेन्डामा एमाले स्पष्ट रहेको बताए। उनले भने, ‘हामी यो देशको रक्षा, राष्ट्रिय हित, सुशासन र विकासको लागि, लोकतन्त्र र त्यसलाई आवश्यक प्रणाली अन्तर्गत लैजानुपर्छ भनेर मान्छौँ। त्यसमा नेतृत्व र अनुशासनको कुरा स्वाभाविक रूपमा उठ्छ । हामीले धेरै राजनीतिक उतारचढाव देखेका छौँ।’
वर्तमान सत्ता-व्यवस्थालाई फेद् न टुप्पोको भन्दै उनले तालमेल कमजोर रहेको आरोप लगाए । उनले मिडिया ट्रायल प्रचलन बढेको भन्दै एमाले अनावश्यक विवाद सिर्जना गरेर प्रचार केन्द्र बन्न नचाहने बताए।
ओलीले भने, ‘जताततै मिडिया ट्रायल हुने गरेको छ । यस्तोबेला नेकपा एमाले सफलताका साथ र प्रतिबद्धताका साथ अगाडि बढ्नु हेडलाइन नहुनपनि सक्छ । तर एमालेले हेडलाइन बनाईदिनका लागि कुनै कुकुरको खुट्टा टोक्न जानेवाला छैन । हामीले राजनीतिक धेरै उतारचढावहरु देखेका छौँ । अब यो फेद् न टुप्पोको सरकारको तालमाल पनि देखिरहेका छौँ ।’
No ads found for this position



डिसी नेपाल
Facebook Comment