नुवाकोट–१ मा प्रतिनिधि सभाका लागि डा. प्रकाशशरण महत एकल सिफारिस

डिसी नेपाल
२५ मंसिर २०८२ १८:२०
56
Shares

काठमाडौं। नुवाकोट क्षेत्र नं–१ बाट प्रतिनिधि सभा निर्वाचनको प्रत्यक्ष तर्फ नेपाली कांग्रेसका प्रवक्ता तथा पूर्व अर्थमन्त्री डा. प्रकाशशरण महत एकल सिफारिस भएका छन्। पार्टीभित्रका अन्य नामभन्दा महतको लोकप्रियता र नेतृत्व क्षमतालाई आधार मान्दै क्षेत्रीय समितिले उनीमाथि पूर्ण विश्वास व्यक्त गरेको बताइएको छ।

समानुपातिकतर्फ भने पुरुष सूचिमा कृष्ण बहादुर लामा, महेन्द्र थिङ, कबिराज गुरुङ र प्रकाश गौतमका नाम सिफारिस गरिएको छ।

समानुपातिक महिला समूहमा भवानी देवकोटा र अन्जु आचार्य सिफारिस सूचीमा परेका छन् भने दलित महिला कोटाबाट कल्पना नेपाली को नाम सिफारिस गरिएको छ।

त्यस्तै राष्ट्रिय सभाका लागि खुला समूहबाट रामकृष्ण थापा तथा अपाङ्गता समूहबाट भाग्यश्री लामाको नाम सिफारिस गरिएको क्षेत्रीय समितिले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *