आइबिए पुरुष विश्व बक्सिङ प्रतियोगितामा बक्सर चन्द्रलाई काँस्य

डिसी नेपाल
२६ मंसिर २०८२ ९:१२
24
Shares

काठमाडौँ। दुबईमा जारी आइबिए पुरुष विश्व बक्सिङ च्याम्पियनसिपको ५४ केजी तौल समूहमा नेपाली बक्सर चन्द्रबहादुर थापा मगरले काँस्य पदक जित्दै इतिहास रचेका छन् ।

सेमिफाइनलमा उनी काजकस्तानका खेलाडीसँग ५–० ले पराजित भए । पुरस्कारवापत बक्सर थापाले ७५ हजार अमेरिकी डलर प्राप्त गरेका छन् । चन्द्रले राउन्ड ३२ मा इन्डोनेसियाका बस्तर माशिहोर योगुने होलीलाई ५–० अङ्कले, राउन्ड १६ मा आर्मेनियाका येगोरियन डेभिटलाई ५–० अङ्कले र राउन्ड ८ (क्वार्टर फाइनल) मा इरानका काजेमी मेहदीलाई ५–० अङ्कले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेका थिए तर सेमिफाइनलमा काजकस्तानका खेलाडी बिबोसिनोभ साकेनसँग ५–० अङ्कमा पराजित हुँदै कास्य पदक जितेका हुन् ।

प्रशिक्षक दीपक महर्जनले ऐतिहासिक उपलब्धि हासिल गरेकोमा खुसी व्यक्त गरे। उनले भने, “जापानमा हुने २० औँ एसियाली खेललाई लक्षित गर्दै यो प्रतियोगितामा सहभागी भएका हौँ । ऐतिहासिक उपलब्धि हासिल भएको छ । खुसी छौँ, मलाई लक्ष्य २०२६ का लागि योग्य ठानेर प्रशिक्षक बनाउने विश्वास गर्ने राखेप परिवारलगायत सबैलाई धन्यवाद ।”




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.