एसिया कपमा १४ वर्षका वैभव सूर्यवंशीको तुफानी इनिङ, एउटै इनिङमा हाने १४ छक्का

डिसी नेपाल
२६ मंसिर २०८२ १४:५०
224
Shares

काठमाडौं । दुबईमा भइरहेको अन्डर-१९ एसिया कप २०२५ को पहिलो खेलमा वैभव सूर्यवंशीले युएई विरुद्ध मात्र ५६ बलमा तूफानी शतक प्रहार गरेर इतिहास रचे।

उनले आफ्नो इनिङमा ९५ बलमा १७१ रन बनाए, जसमा १४ छक्का र ९ चौका प्रहार गरे । एसीसी पुरुष अन्डर-१९ एसिया कपमा आफ्नो विस्फोटक ब्याटिङबाट वैभवले कीर्तिमान बनाए।

क्रिकइन्फोका अनुसार उनी यस प्रतियोगितामा सबैभन्दा धेरै छक्का प्रहार गर्ने ब्याट्सम्यान बनेका छन् र एक इनिङमा सबैभन्दा धेरै छक्का पनि प्रहार गरेका छन्।

भारतको अन्डर-१९ र युएईको अन्डर-१९ बीचको यो खेल दुबईमा भइरहेको छ। युएईले टस जितेर फिल्डिङ रोजेको छ।

भारतको अन्डर-१९ ले ५० ओभरमा ६ विकेट गुमाउँदै ४३३ रन बनायो। वैभव हाल १४ वर्षका छन् र राजस्थान रोयल्स आईपीएल टोलीमा पनि समावेश छन्।

वैभवले आइपीएल २०२५ मा जयपुरमा गुजरात टाइटन्स विरुद्ध राजस्थान रोयल्सका लागि ३८ बलमा १०१ रन बनाए र यससँगै उनी पुरुष टी-२० क्रिकेटमा शतक बनाउने सबैभन्दा कान्छो खेलाडी बने।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.