जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौं : नवनियुक्त मन्त्री चौलागाईं
काठमाडौं । नवनियुक्त वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाईंले जेनजी आन्दोलनको म्याण्डेट र भावनाअनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
मन्त्रालयमा पदवहालीका क्रममा आज उनले जेनजी आन्दोलनको मर्म र भावनाअनुसार काम गर्नका लागि मन्त्रालयको सङ्गठन र व्यवस्थापन कार्यान्वयन गर्ने आफूले पहिलो निर्णय गरेको जानकारी गराए।
मन्त्रिपरिषद्मा कर्णालीको भावना सम्बोधन गर्नेगरी काम गर्ने उल्लेख गर्दै मन्त्री चौलागाईंले भने, ‘कर्णाली प्रदेशमा हालै स्थापना गरिएको कान्छो छायाँनाथ राष्ट्रिय निकुञ्ज सञ्चालनका लागि कार्यालय तत्काल व्यस्थापन गर्नुपर्नेछ।’
उनले परिवर्तनलाई संस्थागत गर्न सरकारका प्रयासमा सबैको योगदानको आवश्यकता औंल्याए। वर्तमान सरकार छोटो समयावधिका लागि निर्वाचनको मुख्य कार्यभार गर्ने म्याण्डेटका लागि गठन भएको भए पनि जेनजी आन्दोलनका माग सम्बोधन र आन्दोलनका भावनाअनुसार काम गर्दै आएको उनको भनाइ थियो।
प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा आजै नियुक्त हुनुभएका मन्त्री चौलागाईँले राष्ट्रपति रामचन्द्र पौडेलबाट पदको शपथग्रहण गरेपश्चात सिंहदरबारस्थित वन मन्त्रालयमा पदवहाली गरेकी हुन्।







डिसी नेपाल








Facebook Comment