एमाले महाधिवेशनः आज बन्दसत्र सुरु हुँदै
काठमाडौं। नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज काठमाडौंको भृकुटीमण्डपमा बन्दसत्र सुरु हुँदैछ। नयाँ नेतृत्व चयनका लागि आज (आइतबार )बिहान साढे ७ बजेदेखि बन्दसत्र सञ्चालन हुने छ।
बन्दसत्रमार्फत आगामी पाँच वर्षका लागि पार्टीको नयाँ नेतृत्व चयन गरिनेछ। देशभरका करिब साढे ६ लाख पार्टी सदस्यहरूमध्येबाट छनोट भएका २ हजार २ सय ६२ जना प्रतिनिधिले एक अध्यक्ष , महासचिव एक, तीन उपाध्यक्ष, तीन उपमहासचिव र सात सचिवसहित २५१ सदस्यीय केन्द्रीय कमिटी चयन गर्नेछन्।
महाधिवेशन प्रस्ताव लेखन तथा माइन्युट लेखन समितिको जिम्मेवारी उपमहासचिवद्वय प्रदीप ज्ञवाली र पृथ्वीसुब्बा गुरुङलाई दिइएको छ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment