कालिकोटबाट काँग्रेसले गर्याे १२ जनाको नाम सिफारिस
सुर्खेत। नेपाली कांग्रेस कालिकोटले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि १२ जना उम्मेदवार सिफारिस गरेको छ।
प्रतिनिधि सभा निर्वाचनका लागि प्रत्यक्षतर्फ पाँच जना, समानुपातिकतर्फ पाँच जना र राष्ट्रिय सभाका लागि दुई जनाको नाम उम्मेद्वारका लागि सिफारिस गरेको नेपाली काँग्रेस कालिकोटका उपसभापति मीनबहादुर बोगटीले बताए।
मंसिर २४ गतेदेखि सुरु भएको काँग्रेस कालिकोटको बैठकले शनिबार उम्मेद्वार सिफारिस टुङ्गो लगाएको हो। काँग्रेस कालिकोटले गरेको उम्मेद्वार सिफारिसअनुसार प्रत्यक्षतर्फ पार्टी पूर्वसभापति हर्षबहादुर वम, महासमिति सदस्य नारायणप्रसाद भट्टराई, डिएलएका केन्द्रीय सदस्य दमनराज वम, केशरजंग वम र विद्यार्थी नेता जीवन सुवेदीलाई सिफारिस गरेको हो।
त्यस्तै प्रतिनिधि सभा समानुपातिकतर्फ पूर्वपार्टी सभापतिद्धय कालीबहादुर सहकारी र मुक्तिप्रसाद न्यौपाने, महिला संघका केन्द्रीय सदस्य भावना शाही र छायाँ सुनार तथा भरत बि.कलाई सिफारिस गरेको छ।
राष्ट्रिय सभा निर्वाचनका लागि बिष्णुबहादुर शाही र दानबहादुर वमलाई सर्वसम्मत सिफारिस गरिएको उपसभापति मीनबहादुर बोगटीले बताए।







डिसी नेपाल








Facebook Comment