पुरानै लयमा एमाले, वरिष्ठ उपाध्यक्ष नरहने
काठमाडौं। नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठकले पुरानै विधान ब्युँत्याएको छ। पार्टीको ११औं महाधिवेशनको बन्दसत्र सुरु हुनुअघि आइतबार भृकुटीमण्डपमा बसेको १०औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको अन्तिम बैठकले पुरानै विधान ब्युँताएको हो।
विधान महाधिवेशन भएको तीन महिना नबित्दै एमालेले पुरानै विधान व्यवस्थामा फर्किएको हो। विधान महाधिवेशनले चाहीँ पदाधिकारीको आकार घटाएको थियो। अब पदाधिकारी १९ जनाकै हुनेछ । यस्तै, केन्द्रीय कमिटी ३०१ सदस्यीय बनाउने निर्णय भएको छ।
यस्तो बन्नेछ केन्द्रीय कमिटीको संरचना :
१) पदाधिकारी (१९)जना
–अध्यक्ष : १
–उपाध्यक्ष : ५
–महासचिव : १
–उपमहासचिव : ३
–सचिव – ९ जना
२) प्रदेश प्रतिनिधित्व उपत्यकासहित सबै ८ प्रदेशबाट: ९–८(७२) जना
–खुला : ५
–महिला : ३
–युवा : १
३) खुला कोटा (१२५ ) जना
–खुला : ७१
–महिला : ५२
–युवा : २
४) जनजाति / आदिवासी ( २५) जना
–आदिवासी–जनजाति :
–खुला : १५
–महिला : ८
–युवा : २
५) मधेशी (२०) जना
–मधेशी :
–खुला : ११
–महिला : ६
–युवा : २
६) प्रवास (२) जना
–भारत : १
–अन्य देश : १
७) श्रमिक (३) जना
–खुला : २
–महिला : १
८) अपाङ्गता भएका व्यक्ति (१) जना
– खुला : १
९) दलित (१२) जना
–खुला : ७
–महिला : ४
–युवा : १
१०) थारु (८) जना
–खुला : ५
–महिला : ३
११) मुस्लिम (५) जना
–खुला : ४
–महिला : १
१२) थारु (८) जना
–खुला : ५
–महिला : ३
१३) पिछडिएको क्षेत्र (२) जना
–खुला : १
–महिला : १
No ads found for this position


डिसी नेपाल
Facebook Comment