लोकदोहोरी गायिका रीता थापामगर कांग्रेस धादिङ-२ बाट उम्मेदवार सिफारिस
काठमाडौं। लोकदोहोरी प्रतिष्ठान नेपालकी अध्यक्ष तथा चर्चित लोकदोहोरी गायिका रीता थापामगरलाई नेपाली कांग्रेसले धादिङ क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फ उम्मेदवार सिफारिस गरेको छ।
कांग्रेस धादिङ २ ले थापामगरसहित ८ जनाको नाम समानुपातिकतर्फ सिफारिस गरेको हो भने प्रत्यक्षतर्फ ११ जनाको नाम पठाएको छ।
लोकदोहोरी प्रतिष्ठान नेपालकी अध्यक्ष समेत रहेकी थापा लामो समय देखि कलाकारितामै व्यस्त छिन्।
उनी राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानकी वर्तमान केन्द्रीय अध्यक्ष पनि हुन्। माघ ११ मा राष्ट्रिय सभा र फागुन २१ मा प्रतिनिधिसभा निर्वाचन हुँदैछ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment