बाक्लो कुहिरोका कारण राजमार्गमा थुप्रै गाडीहरू ठोक्किए, १३ जनाको मृत्यु

डिसी नेपाल
१ पुष २०८२ १५:१९
1.6k
Shares

काठमाडौं । दिल्ली-आगरा यमुना एक्सप्रेसवेमा कुहिरोका कारण भएको दुर्घटनामा मृत्यु हुनेको संख्या १३ पुगेको मथुराका एसएसपी श्लोक कुमारले बताए।

मथुराको बलदेव क्षेत्रमा मंगलबार बिहान ४:३० बजेतिर दुर्घटना भएको थियो। आठवटा बस र तीनवटा साना सवारी साधन ठोक्किएका थिए। सुरुमा चार जनाको मृत्यु भएको खबर आएको थियो।

एसएसपी श्लोक कुमारले भने, “यमुना एक्सप्रेसवेमा भएको दुर्भाग्यपूर्ण घटनामा आठवटा बस र तीनवटा साना सवारी साधन ठोक्किएर आगो लागेको थियो। दुर्घटनामा भेटिएका शवहरूलाई पोस्टमार्टमको लागि पठाइएको थियो। केहीलाई उद्धार गरिएको थियो भने केहीलाई उपचारको लागि भर्ना गरिएको थियो।”

उनले भने, “त्यहाँ भेटिएका भग्नावशेष र अन्य अवशेषहरू शवगृहमा पठाइएको थियो। डाक्टरहरूले यसको जाँच गरे। परीक्षणपछि १३ जनाको मृत्यु भएको पुष्टि भयो।”

प्रहरी अधिकारीले तीनवटा शवको पहिचान भइसकेको बताए, बाँकी जलेको वा आंशिक रूपमा जलेको शवको डीएनए मार्फत पहिचान गरिने बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.