ट्रम्पले अरू देशमाथि चर्को कर लगाएर उठाएको रकम सैनिकहरूलाई बाँड्ने

डिसी नेपाल
३ पुष २०८२ १४:३९

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले १४ लाख ५० हजार अमेरिकी सैनिकहरूलाई ‘वारियर डिभिडेन्ट’ (सैनिकहरूलाई दिइने विशेष भत्ता) को रूपमा १ सैनिकलाई १,७७६ डलरका दरले भुक्तानी गर्ने घोषणा गरेका छन्।

ट्रम्पका अनुसार, यो भुक्तानीको लागि रकमको एक हिस्सा उनले अरू देशमाथि लगाएको शुल्कबाट उठाइनेछ।

अमेरिकी समय अनुसार बुधबार राति राष्ट्रका नाममा टेलिभिजन सम्बोधन गर्दै ट्रम्पले क्रिसमस अघि नै मानिसहरूसम्म पैसा पुग्ने बताए।

आफ्नो सम्बोधनमा, ट्रम्पले अर्थतन्त्र र आप्रवासनमा आफ्नो प्रशासनको रेकर्डको प्रशंसा गरे, साथै डेमोक्र्याटहरूको पनि आलोचना गरे।

यस भाषणमा ट्रम्पले देश सही दिशामा अघि बढिरहेको र अवस्था सुधार हुने कुरामा राष्ट्रलाई आश्वस्त पारेको देखिन्थ्यो। उनले महंगी घट्दै गएको पनि दाबी गरे।

यद्यपि, सर्वेक्षणहरूले देखाउँछन् – अमेरिकामा धेरै मानिसहरू आवास, बाल हेरचाह र स्वास्थ्य सेवाको बढ्दो लागतबाट असन्तुष्ट छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.