सुन्धारा कारागारबाट फरार दुई कैदी पक्राउ

डिसी नेपाल
३ पुष २०८२ १९:४७
108
Shares

काठमाडौं । सुन्धारा कारागारबाट फरार दुई कैदीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौंको टोखा नगरपालिका१ का ४६ वर्षीय श्यामलाल डंगोल र नुवाकोट घर भई हाल काठमाडौं महानगरपालिका२४ बस्ने ३० वर्षीय विनोद केसी भन्ने विनोद गौतम रहेका छन्।

काठमाडौं उपत्यकाको विभिन्न ठाउँमा लुकीछिपी बसेको अवस्थामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले बिहीबार पक्राउ गरेको हो।

जेनजी आन्दोलनको क्रममा मानव बेचबिखन र अपहरण शरीर बन्धक डाँका र संगठित अपराध मुद्दामा कैद भुक्तान गरिरहेका उनीहरू जेनजी आन्दोलनको मौका छोपेर फरार भएका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *