युक्रेनलाई ९० अर्ब युरो ऋण दिने सम्झौता

डिसी नेपाल
४ पुष २०८२ ११:१९
1.7k
Shares

काठमाडौं । युरोपेली संघका नेताहरूले युक्रेनलाई ९० अर्ब युरो ऋण उपलब्ध गराउन सहमत भएका छन्।

यसअघि, युरोपेली नेताहरूले युद्धका कारण फ्रिज गरिएका रूसी सम्पत्तिहरू प्रयोग गर्ने कि नगर्ने भन्ने बारेमा छलफल गरिरहेका थिए।

नेताहरूले यो सम्झौताले आगामी दुई वर्षको लागि युक्रेनको सैन्य र आर्थिक आवश्यकताहरू पूरा गर्ने बताएका छन्। ब्रसेल्समा भएको शिखर सम्मेलनमा एक दिनभन्दा बढी समयको वार्तापछि यो निर्णय भएको हो।

“हामीले प्रतिबद्धता जनायौं र हामीले पूरा गर्यौं,” इयु प्रमुख एन्टोनियो कोस्टाले ट्विटरमा लेखे, “ऋण इयुको साझा बजेटद्वारा ग्यारेन्टी गरिनेछ।”

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले नेताहरूलाई २०० अर्ब युरो बराबरको फ्रिज गरिएको रूसी सम्पत्ति प्रयोग गर्न अपील गरेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *