युरोपेली देशमा पुरूषको चरम अभाव, महिलाहरू श्रीमान भाडामा लिँदै

डिसी नेपाल
४ पुष २०८२ १२:४९
268
Shares

युरोपेली देश लातभिया अहिले गम्भीर लिङ्ग असन्तुलनको सामना गरिरहेको छ । न्यूयोर्क पोस्टको रिपोर्ट अनुसार पुरूषको अभाव भएपछि यहाँका धेरै महिलाहरूले घरायसी काममा सहयोग गर्न अस्थायी “श्रीमान्” भाडामा लिने गरेका छन्।

युरोस्ट्याटको तथ्याङ्कअनुसार लाट्भियामा महिलाहरू पुरुषभन्दा १५.५ प्रतिशत बढी छन्, जुन युरोपियन युनियनको औसत अन्तरभन्दा तीन गुणा बढी हो।

६५ वर्षभन्दा माथिको उमेर समूहमा महिलाहरू पुरुषभन्दा दोब्बर भएको वर्ल्ड एटलसले उल्लेख गरेको छ। महिलाहरूका अनुसार पुरुषको कमी कार्यस्थल र दैनिक जीवनमा स्पष्ट देखिन्छ। उत्सवमा काम गर्ने दानियाले भनिन्, उनका प्रायः सबै सहकर्मी महिला नै छन्।

उनले महिलासँग काम गर्न रमाइलो लाग्ने तर यदि लिङ्ग सन्तुलन राम्रो भए सामाजिक अन्तरक्रिया अझ रोचक हुने बताइन्। उनकी साथी जेनले थपिन्, धेरै महिलाहरू साथी खोज्न विदेश यात्रा गर्छन् किनकि देशमै विकल्प सीमित छन्।

पुरुष साथीको अभावमा दैनिक घरायसी आवश्यकताहरू पूरा गर्न धेरै लातभियन महिलाहरू ‘ह्यान्डिम्यान’ भाडामा लिने सेवातर्फ आकर्षित भएका छन्। कोमान्डा २४ जस्ता प्लेटफर्मले “मेन विथ गोल्डेन ह्याण्ड्स” नामक सेवा दिन्छन् । यी पुरूषहरूले प्लम्बिङ, काठका काम, मर्मत तथा टेलिभिजन जडानमा सहयोग गर्छन् ।

अर्को सेवा रेमोन्टडार्बीले महिलाहरूलाई “एक घण्टाका लागि श्रीमान्” अनलाइन वा फोनमार्फत बुक गर्ने सुविधा दिन्छ, जसमा कामदारहरू छिट्टै आइपुगेर रंगरोगन, पर्दा मिलाउने, अन्य मर्मत कार्यहरू गर्छन्।

विशेषज्ञहरूले लाट्भियाको लिङ्ग असन्तुलनलाई पुरुषहरूको कम आयुसँग जोड्छन्, जुन बढी धूमपान दर र जीवनशैलीसम्बन्धी स्वास्थ्य समस्याले प्रभावित छ। वर्ल्ड एटलसअनुसार लाट्भियामा ३१ प्रतिशत पुरुष धूमपान गर्छन् भने महिलामा यो दर केवल १० प्रतिशत छ। साथै पुरुषहरूमा तौल बढी हुने वा मोटोपनको समस्या पनि बढी छ।

यो प्रवृत्ति केवल लातभियामा सीमित छैन। बेलायतमा लौरा यङले २०२२ मा आफ्ना श्रीमान् जेम्सलाई ‘रेन्ट माइ ह्यान्डी हसब्याण्ड’ नामक व्यवसायमार्फत घरायसी कामका लागि भाडामा दिने काम सुरु गरेकी थिइन्। जेम्स अहिले पनि पूर्ण रूपमा व्यस्त छन्, जसले घण्टा वा दिनको आधारमा विभिन्न कामका लागि शुल्क लिन्छन्।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.