भाद्र २४ को विध्वङ्खमा जेनजीको हात छैन : शेखर कोइराला
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले भाद्र २४ गतेको विध्वंशमा जेनजीहरुको हात नरहेको जिकिर गरेको छ।
आइतबार विराटनगरमा आयोजना गरिएको नेपाली कांग्रेस र नेपालको यात्रा, हिजो, आज र भोली चुनौती, अवसर र सम्भावनाबारे युवासँग संवाद कार्यक्रममा बोल्दै नेता कोइरालाले भाद्र २३ गते गरिएको जेनजी आन्दोलन अत्यन्त शान्तिपूर्ण र युवाहरूको आवाज अभिव्यक्त भएको बताए।
भाद्र २४ गते गरिएको विरोध, विद्रोह भन्दा पनि विध्वंस भएको बताउदै उहाले त्यसमा जेनजी युवाहरुको हात नरहेको बताउनुभयो । उहाले भाद्र २३ गतेको घटनाका दोषीलाई मात्र नभई भाद्र २४ गतेका घटनाका दोषीलाई कारवाही हुनुपर्ने माग गरे।
कांग्रेस विराटनगर महानगर समितिले आयोजना गरेको सो कार्यक्रममा युवा र जेन्जीहरुको प्रश्नको उत्तर दिदै नेता कोइरालाले शिक्षामा भईरहेको राजनीतिकरणका कारण शिक्षाको गुणस्तर खस्किएको धारणा व्यक्त गरे।
उनले शिक्षाबाट राजनीतिलाई हटाउनै पर्ने जिकिर गर्दै अंग्रेजी र नेपाली माध्यमका नाममा भइरहेको पढाईले दुईप्रकारका नागरिक उत्पादन भइरहेको बताए।







डिसी नेपाल








Facebook Comment