निर्वाचनमा परिचालित हुन रणनीति बनाउँदै सशस्त्र प्रहरी
काठमाडौं। सशस्त्र प्रहरीले निर्वाचन सुरक्षाका लागि हेडक्वार्टरदेखि गुल्मसम्म रणनीति बनाएर परिचालन हुने जनाएको छ। सशस्त्र प्रहरी बल प्रधानकार्यालयमा केन्द्रीय कमाण्ड स्थापना गर्दै गुल्मसम्म समन्वय गरेर परिचालन हुने जनाएको हो।
सशस्त्र प्रहरी बलले पारदर्शी, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन गराउन परिचालन नीति तयार पारेको र यसका लागि सबै जिल्ला, तह र इलाका तथा बीओपीहरुलाई हाइअलर्टमा राखेको जनाएको छ।
खासगरी सीमा सुरक्षाको जिम्मा पाएको सशस्त्रले सीमा क्षेत्रबाट हुने अपराध नियन्त्रणलाई प्राथमिकतामा राखेर परिचालन भैरहेको र सीमा गस्ती बढाइएको जनाएको छ।
सबै निर्वाचन क्षेत्रमा तोकिएको जिम्मेवारीमा परिचालन गरिने, निर्वाचन सुरक्षार्थ सुरक्षाको दोस्रो घेरामा रहि अन्य सुरक्षा निकायसँग समन्वयात्मक रुपमा परिचालन गर्ने, निर्वाचन सुरक्षा अनुशिक्षण तालिमसम्बन्धी पाठ्यक्रम तयार गरि निर्वाचनमा खटिनुपूर्व सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीलाई निर्वाचन सुरक्षा अनुशिक्षण तालिम दिन लागिएको सशस्त्रले जनाएको छ।
त्यस्तै निर्वाचन आचारसंहिता पालना गराउनेतर्फ सहयोगी भूमिका निर्वाह गर्ने, निर्वाचन क्षेत्रसहितको प्रदेशगत साथै जिल्लागत नक्सा तयार गरि निर्वाचन सुरक्षामा महत्वपूर्ण स्थानहरू अंकित गरि प्रभावकारी रुपमा परिचालन गर्नेसहितका नीति तर्जुमा गरिएको सशस्त्र प्रहरी बलका सूचना अधिकारी एवं प्रवक्ता डीआईजी मनिष थापाले बताए।
उनले निर्वाचनको एक महिनाअघिदेखि नै आवश्यक बन्दोवस्तीका सामग्री तथा सवारी साधनसहित खटिने बताए।
त्यस्तै गरी क्युआरटीमा रहेको जनशक्तिलाई निर्वाचनको एकदिन अघिदेखि निर्वाचनको एकदिनपछिसम्म हातहतियार तथा अन्य आवश्यक साधानका साथ युनिटको जिम्मेवारी क्षेत्रमा पर्ने रणनीतिक स्थानहरुमा सवारी साधनसहित परिचालन गर्ने सशस्त्र प्रहरीले जनाएको छ।
‘निर्वाचन सुरक्षामा खटिदा सशस्त्रको नियमत काम भने प्रभावित नहुने जनाएको छ। सशस्त्र प्रहरी बलले सीमा सुरक्षा, आन्तरिक सुरक्षा, राजस्व संकलनमा सहयोग र विपद् व्यवस्थापन प्रभावित हुँदैन’ प्रवक्ता मनिष थापाले भने।
त्यस्तै निर्वाचन आचारसंहिता पालना गराउनेतर्फ सहयोगी भूमिका निर्वाह गर्ने, निर्वाचन क्षेत्रसहितको प्रदेशगत साथै जिल्लागत नक्सा तयार गरी निर्वाचन सुरक्षामा महत्वपूर्ण स्थानहरु अंकित गरी प्रभावकारी रुपमा परिचालन गर्नेसहितका नीति तर्जुमा गरिएको पनि उनको दावी छ। यस्तै भीआइपी र महत्वपूर्ण संरचनाको सुरक्षा भने चुनावअवधिभर सेनाले लिने पनि सशस्त्र प्रहरीले जनाएको छ।
निर्वाचन कार्यविधि २०८२ अनुसार भीआइपीको सुरक्षा र महत्वपूर्ण सरकारी संचनाको सुरक्षा सेनाले लिनेछ, चुनाव सकिएपछि मात्रै सशस्त्रले सुरक्षाको कार्यभार सम्हाल्नेछ’, डिआइजी थापाको भनाइ छ। उनले नेपाल प्रहरी पहिलो, सशस्त्र प्रहरी दोस्रो र तेस्रोमा नेपाली सेना रहेर सुरक्षा प्रदान गर्ने पनि जनाए।







डिसी नेपाल








Facebook Comment