उस्मान हादीलाई गोली हान्ने व्यक्ति बंगलादेश छोडेर भागिसकेको आशंका
काठमाडौं । बंगलादेशको गृह मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रहरीले इन्किलाब मञ्चका नेता शरीफ उस्मान हादीलाई गोली हान्नेको व्यक्तिको बारेमा अहिलेसम्म कुनै ठोस जानकारी नभएको बताएको छ ।
यद्यपि, प्रहरीलेले घटनाको गम्भीरतालाई ध्यानमा राख्दै यसको अनुसन्धान भइरहेको र यस घटनामा नाम आएका सबै व्यक्तिहरूमाथि निगरानी भइरहेको बतायो। प्रहरीको यो बयानपछि हत्यारा देश छाडेर भगिसकेको हुनसक्ने आशंका गरिएको छ ।
अतिरिक्त आईजीपी खण्डाकर रफिकुल इस्लामले संदिग्ध व्यक्तिले सीमा पार गरेको हो कि होइन भन्ने पुष्टि हुन नसकेको बताए।
उनले भने, “कहिलेकाहीं अपराधीहरूले भ्रामक जानकारी दिएर आफ्नो ठेगाना लुकाउने प्रयास गर्छन्। यो पनि यस्तै प्रयास हुन सक्छ।”
“हामी हाम्रो अनुसन्धान जारी राखेका छौं र उनी कहाँ छन् भनेर पत्ता लगाउने प्रयास गरिरहेका छौं। यदि उनी देशको कुनै पनि ठाउँमा छन् भने, हामी उनलाई पक्राउ गर्ने प्रयास गरिरहेका छौं।”
गत शुक्रबार, इन्किलाब मञ्चका नेता शरीफ उस्मान हादीलाई बंगलादेशमा अज्ञात आक्रमणकारीहरूले गोली हानी हत्या गरेका थिए । गोलीबाट गम्भीर घाइते भएका उनको गत बिहीबार सिंगापुरमा उपचारको क्रममा मृत्यु भयो, जसले गर्दा बंगलादेशमा हिंसा फैलियो।
शनिबार अन्त्येष्टिको प्रार्थना पछि उनलाई ढाका विश्वविद्यालयको केन्द्रीय मस्जिदको छेउमा गाडिएको थियो।







डिसी नेपाल








Facebook Comment