जेनजीहरू आन्दोलित, केहीलाई प्रहरीले लियो नियन्त्रमा (तस्बिरहरू)

डिसी नेपाल
७ पुष २०८२ १५:११
32
Shares

काठमाडौं । मिराज ढुंगाना नेतृत्वको जेनजी समूहले काठमाडौंको माइतीघरमा सोमबारदेखि आन्दोलन सुरू गरेको छ। प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओम प्रकाश अर्यालको राजीनामा माग गर्दै अन्तरिम सरकारलाई दबाब दिन उनीहरूले आन्दोलन सुरु गरेका हुन्।

प्रदर्शनका क्रममा राजीनामा माग गर्दै नाराबाजी गर्ने केही जेनजीहरूलाई प्रहरीले नियन्त्रणमा समेत लिएको छ। आन्दोलनका अगुवा ढुंगाना समेतलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

आन्दोलनमा ढुङ्गानाले अहिले कै अवस्थामा निर्वाचन भए अझै अस्थिर परिणाम आउने भन्दै त्यसैले निर्वाचन गराउनुलाई मात्रै सरकारले ठूलो उपलब्धि ठान्न नमिल्ने बताए।

त्यस्तै उनले देशलाई निकास नदिई,जेनजीको माग पूरा नगरी निर्वाचन गर्नुको कुनै औचित्य नरहेको धराणा राखे। आन्दोलनमा डा.निकोलस भूसालको समूह पनि सहभागिता रहेको छ । प्रदर्शनका क्रममा भुसाललगायत केही जेनजीहरूलाई पनि प्रहरीले नियन्त्रणमा समेत लिएको छ।

आन्दोलनकारीहरुले सर्वपक्षीय सरकार गठन गरेपछि मात्रै चुनाव हुनुपर्ने माग अघि सार्दै ‘जेनजीको माग चुनाव होइन, सुशासन हो’ नारा लगाएका छन्।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *